निगमले मूल्य घटाएपछि निजी पम्प बन्द, भद्रकालीमा पेट्रोल भर्नेको लाइन (तस्वीरहरू)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ असार, काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको हो ।

तर पेट्रोलियम पदार्थ विक्री गर्दै आएका निजी पेट्रोल पम्प सञ्चालकहरूले भने धेरै मूल्य घटाएको भन्दै विक्री वितरण नै बन्द गरेका छन् । काठमाडौंका निजी पेट्रोल पम्प आज बन्द छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा भने विक्री वितरण भइरहेको छ ।

अन्य पम्प बन्द भएपछि तीनै सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरूमा लामो लाइन लागेको छ । काठमाडौंको भद्रकालीस्थित नेपालीको सेनाको पम्पमा अहिले पेट्रोल भर्नका लागि बाइक, स्कुटरसहित लामो लाइन लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्