कर्णाली नेपाल भलिबल लिगको फाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्लेअफमा काठमाडौँ रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो ।

कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए ।

लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए । कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्ने छ ।

अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । अन्नपूर्ण १२ अंकसाथ लिगको शीर्ष स्थानमा रह्यो । पहिलो पटक आयोजित प्रतियोगिताको विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्