काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाली ब्याटर आसिफ शेखले अर्धशतक बनाएका छन्।
मलेसियामा जारी खेलमा आसिफले यूएईविरुद्ध ७३ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १६औँ अर्धशतक हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले यो समाचार तयार पार्दासम्म २६ ओभरमा १ विकेट गुमाएर ११५ रन बनाएको छ।
नेपालका ओपनर अर्जुन कुमाल ४३ रन बनाएर आउट भएका छन्।





