गगन थापाले देशको नेतृत्व गर्ने बेला आएको देख्दै छु : प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगन आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण गरे ।
उनले भने, ‘मैले त्यतिबेलै भन्थे तपाईँले यो देशको नेतृत्व गर्ने बेला आउनसक्छ । आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ  ।’

उनले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउन आग्रह गरे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी