धनगढी,९ साउन । बैतडीका एक बालक तीन दिन देखि सम्पर्क बिहीन भएका छन ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका रमेश भट्ट गत आईतबार दिउसोबाट सम्पर्क बिहीन रहेको बुवा माधब भट्टले जानकारी दिनुभयाे ।
सुस्त मनस्थिति भएका १४ बर्षका छोरा हराएपछि घर परिवारले खोज तलास गरिदिन आग्रह गर्नुभएकाे छ । आफन्त र ईष्टमित्र सबै ठाउमा खोजतलास गर्दा पनि छोरा सम्पर्कमा नआएको पारिवारिक श्रोतले जनाएको छ ।
गत आईतबार राति दुई बजेसम्म घर नजिकैको जगंल, खोलानाला र गाउँमा खोज तलास गर्दा पनि भेटन नसकिएको जनाईएको छ । छोराको खोज तलास गरिदिन परिवारले स्थानिय प्रहरी चौकि शैलोडामा निबेदन समेत दिएको स्थानिय बिरेन्द्र भट्टले बताउनुभयाे ।
हराएको रमेशलाई कहि कतै देखेमा नजिकको प्रहरी चौकि अथवा ९८६८७४४२६७ मा खबर गरिदिन परिवारजनले आग्रह गर्नुभएकाे छ ।





