नेप्से ११.९६ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७८ अंकमा कायम भएको छ।

कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भयो। आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ तथा व्यापार ०.८२ प्रतिशत बढे। निर्जीवन बीमा ०.०६ प्रतिशत र माइक्रोफाइनान्स ०.१७ अंक घट्यो।

त्रिशूली जलविद्युत्को सेयर मूल्य ५.११, सालपका विकास बैंकको ३.७७, हाथवे इन्भेस्टमेन्टको ३.६५, बुटवल पावरको ३.५७ तथा लिबर्टी इनर्जीको ३.५० प्रतिशत बढ्यो।

यसैगरी, सर्वोत्तम पेन्ट्सको ४.९४, चिरख्वा हाइड्रोपावरको ३.०० तथा उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशत सेयर मूल्य घट्यो।

आज धेरै कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक तथा पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्