काठमाडौं । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ।
यातायात व्यवस्था विभागले सरोकारवालासँगको बैठकपछि दसैंलाई लक्षित गर्दै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो। यस वर्ष घटस्थापना असोज २५ गते परेको छ।
बैठकले असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय पनि गरेको थियो।
विभागका अनुसार कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनलाई भने रुट परमिट खुला गरिए पनि बन्देज कायमै रहनेछ।





