संसद् पुनर्स्थापनाको कुरा गर्नु समयको बर्बादी मात्रै हो : गगन थापा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् पुनर्स्थापनाको कुरा गर्नु समयको बर्बादी मात्रै भएको बताएका छन्।

खुलामञ्चमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै थापाले अब संसद् पुनर्स्थापनाको विषय उठाउनुको अर्थ नहुने बताए।

उनले सरकार नयाँ बनिसकेको अवस्थामा संसद् पुनर्स्थापनाको विषयलाई लिएर अदालतको निर्णय कुरेर बस्नुले कुनै अर्थ नराख्ने बताए।

‘संसद्को पुनर्स्थापनाको विषय हुन्छ कहिलेकाहीँ। सरकार नयाँ बनिसक्यो, कहाँ पुगिसक्यो। अनि संसद्को पुनर्स्थापनाको कुरा अदालतमा गएर अड्केर बसेर अदालतले देला कि भनेर बस्ने कुराले कहाँ लान्छ? समयको बर्बादी मात्रै गर्छ,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्