कांग्रेस महाधिवेशन : पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेशमा रोक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु भएको छैन ।

यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म दुवै ठाउँमा प्रवेश गर्न दिइएको छैन ।

मतदान स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी