बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने पुलमा क्षति, बेलिब्रिज राख्ने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल भाँचिएपछि सडक सम्पर्क टुटेको छ। पुलका तीन स्पानमध्ये एउटा भाग भाँचिएर बगेको हो।

सडक सम्पर्क पुनःस्थापना गर्न नेपाली सेनाले बेलिब्रिज निर्माणको तयारी सुरु गरेको छ। अहिले सेनाले डोजरको सहायताले लेदो पन्छाउँदै पुल निर्माणको तयारी गरिरहेको छ। सडक डिभिजन कार्यालय हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याउने काम भइरहेको छ।

नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माण सामग्री आइपुगेलगत्तै काम सुरु गरिनेछ। सेनाको टोलीले आइतबार नै पुल रहेको स्थानको निरीक्षण गरेको थियो।

यस्तै, आरुघाट हुँदै माथिल्लो क्षेत्रमा जाने सडक लेदोले भरिँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक डिभिजन कार्यालयले सडकमा जमेको लेदो पन्छाउने तयारी गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी