कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिले मंगलबार बिहानदेखि मतगणना गर्ने तयारी गरेको हो।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुला केन्द्रीय सदस्य पदको मतगणना बिहान ८ बजेबाट सुरु हुनेछ।

निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिका लागि व्यवस्था नगरिएको पनि जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी