एसियन खेलकुदमा कास्य पदक विजेता तेन्जिङ शेर्पालाई गोकर्णेश्वर नगरपालिकाद्वारा एक लाख रुपैयाँसहित सम्मान

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । एसियन खेलकुदमा कराते विधातर्फ कास्य पदक जित्न सफल गोकर्णेश्वर नगरपालिका निवासी तेन्जिङ शेर्पालाई नगरपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ। नगर र देशको प्रतिष्ठा बढाएको भन्दै नगरपालिकाले शेर्पालाई सम्मान गरेको हो।

गोकर्णेश्वर स्पोर्ट सिटीमा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर दीपककुमार रिसाल र उपमेयर सान्नानी लामाले शेर्पालाई सम्मान गरेका थिए।

कार्यक्रममा मेयर रिसालले नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण, खेल सामग्री वितरण तथा विभिन्न खेलकुद गतिविधिमा लगानी गर्दै आएको बताए। खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले खेलाडीको सम्मानले उनीहरूमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले विद्यार्थीहरूमा ‘एक व्यक्ति, एक खेल’ को नीति अघि सारेको उल्लेख गर्दै मेयर रिसालले विद्यालय तहदेखि नै खेलकुद प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

उपमेयर सान्नानी लामाले खेलकुद र खेलाडीको विकासका लागि नगरपालिकाले गर्दै आएको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको बताइन्। खेलकुद क्षेत्रको विकाससँगै प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने कार्यलाई नगरपालिकाले निरन्तरता दिने उनको भनाइ थियो।

सम्मानित खेलाडी तेन्जिङ शेर्पाले सम्मान प्राप्त गर्दा आफू हर्षित भएको बताउँदै आफ्नो सफलतामा सबैको साथ र सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले आगामी दिनमा पनि खेलकुदमार्फत नगर र देशको प्रतिष्ठा बढाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले शेर्पाको सफलताले गोकर्णेश्वरका खेलाडी अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छन् भन्ने सन्देश दिएको बताए।

त्यस्तै, नेपाल कराते महासंघका उपाध्यक्ष देवकुमार लामाले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका खेलाडीलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्ने र आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने धारणा राखे।

नगर शिक्षा प्रमुख वीरबहादुर खड्काले कास्य पदक विजेता शेर्पालाई सम्मान गर्न पाउँदा नगरपालिका गौरवान्वित भएको बताए।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक सञ्जय लामाले खेलाडीको सम्मानले भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। नगर र देशको नाम उँचो राख्न सफल खेलाडीको सम्मानले अन्य खेलाडीलाई समेत खेलकुद क्षेत्रमा अघि बढ्न प्र

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी