झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

‎काठमाडौं, २९ असाेज । साताको चाैथाे कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ। 

‎नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४६ अंकले घटेर २६२०.७९ विन्दुमा बन्द भएको छ । लगातार चाैथाे काराेबारका दिन सेयर बजार घटेकाे छ ।

‎नेप्सेका अनुसार बिहीबार ४ अर्ब ५६ करोड १० लाख २ हजार ४१ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ। आज कुल १ करोड ३१ लाख ९८ हजार ५५१ कित्ता सेयर किनबेच भएका छन्।
‎
‎बिहीबार १४३ कम्पनीको मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारको समग्र सूचक रातो देखिए पनि सबै कम्पनीमा बिक्रीको दबाब नरहेको देखाउँछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्