डेंगी फैलिने क्रम तीब्र, देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० साउन । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् । त्यस मध्ये पनि धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ ।

यस्तै, मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना, लुम्बिनी प्रदेशमा १ सय ६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगीका बिरामी रहेका छन् ।

डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन् । सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको छ ।

गत वर्ष डेंगीले महामारीकै रुप लिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्