काठमाडौं , ९ साउन । नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ ।
आघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै फोन भित्रिएको विभागले जनाएको छ ।
गत वर्ष ५५ लाख ८६ हजार ५७८ थान फोन र टेलिफोन उपकरण नेपालले आयात गरेको थियो । जसका लागि ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ मुलुकबाट बाहिरीएको थियो । गत वर्ष सरकारले फोन र मोबाइलको आयातबाट ६ अर्ब १ करोड ६० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।





