मध्यरातमा गिरफ्तारीको हल्लाबीच मिराजको व्यङ्ग्य- आजकल देश राति मात्रै बन्दोरहेछ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले आफू लगायत केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको भन्दै सरकारलाई दसैँपछि मात्रै गिरफ्तारी गर्न आग्रह गरेका छन् ।

ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले दसैँपछि तेस्रो ध्रुव र जनविद्रोहपछि आवश्यक वास्तविक वैकल्पिक शक्तिको वकालत गर्ने बताएका छन् ।

‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ,’ उनले लेखेका छन्, ‘म तेस्रो ध्रुव र यो जनविद्रोहपछि चाहिएको वास्तविक वैकल्पिक शक्तिको वकालत दसैँपछि गर्छु, गिरफ्तार पनि दिनमा दिउँसो परेर दसैँपछि गर्नुहोला सरकारलाई मेरो आग्रह।’

उनले पछिल्लो समय देशमा रातिको समयमा मात्रै गतिविधि हुने गरेको भन्दै व्यङ्ग्यसमेत गरेका छन् । ‘आजकल देश राति मात्रै बन्दो रहेछ, के गर्नु होला!’ उनले लेखेका छन् ।

ढुङ्गानाको स्टाटसमा आफूलाई गिरफ्तार गर्ने तयारी भइरहेको खबर आएको उल्लेख भए पनि गिरफ्तारीको सम्भावित कारण, सम्बन्धित निकायको तयारी वा आधिकारिक निर्णयबारे भने उनले विस्तृत खुलाएका छैनन् । यस विषयमा सरकारी पक्षको प्रतिक्रिया पनि उपलब्ध छैन ।

मिराज ढुङ्गानकाे भनाइ जस्ताकाे तस्तै

मलगायत अरुकेही जेनजी साथीहरुलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ । म तेश्रो ध्रुव र यो जनबिद्रोहपछि चाहिएको वास्तविक बैकल्पिक शक्तिको वकालत दसैँपछि गर्छु, गिरफ्तार पनि दिनमा दिउँसो परेर दसैँपछि गर्नुहोला सरकारलाई मेरो आग्रह । आजकल देश राती मात्रै बन्दोरहेछ के गर्नु होला !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी