दसैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा, तीन रुटमा सञ्चालन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । बडादसैँको अवसरमा आम नागरिकको सहज आवागमनका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गर्न लागेको हो । सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई लक्षित गरी सञ्चालन गरिएको सेवाबाट चाडपर्वका बेला आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल प्रहरीका अनुसार कात्तिक ३ गते तीनवटै रुटमा पहिलो सिफ्टको बस दिउँसो ४ बजेबाट सञ्चालन हुनेछ । कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट सञ्चालन हुनेछ ।

प्रहरीले सञ्चालन गर्ने तीनवटा रुट यसप्रकार छन् ।

रुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर २ : नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर ३ : नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी