यू-१९ महिला टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको समूहमा भारत र वेष्ट इन्डिज पनि

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल र बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

जनवरी २१ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र यूएई भिड्नेछन् ।

ग्रुप ए मा रहेको नेपालले भारत, वेष्ट इन्डिज र आयरल्याण्ड रहेका छन् । ग्रुप बीमा साउथ अफ्रिका, पाकिस्तान, न्यूजील्याण्ड र समोवा रहेका छन् ।

ग्रुप सीमा अष्ट्रेलिया, बंगलादेश, यूएई र नाइजेरिया रहेका छन् । भने ग्रुप डीमा इङ्गल्याढ, श्रीलंका युएसए र स्कटल्याण्ड रहेका छन् ।

नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्याण्डसँग खेल्नेछ । खेल टीयू क्रिकेट मैदानमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्