त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गर्न सर्वोच्चको आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १० साउन । सर्वोच्च अदाललते त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय शुष्मालता माथेमा र हरि फुयाँलको इजलासले आक्रमणकारीहरुले अदालतलाई सहयोग नगरेको र पीडितलाई क्षतिपूर्ति समेत नदिएको भन्दै सर्वोच्चले उनीहरुलाई पक्राउ गर्न र सम्पत्ति समेत रोक्का राख्न आदेश दिएको हो ।

आरोपीहरु मध्ये सुजय श्रेष्ठ र रविन लामाले क्षतिपूर्ति रकम समेत नदिएको भन्दै सर्वोच्चले पीडित चलाउनेलाई तत्काल एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन पनि आदेश दिएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सबै काठमाडौं जिल्ला अदालतको आदेशमा तारेख र धरौटीमा छुटेका थिए । सरकारले उनीहरुको मुद्दा नै फिर्ता लिने प्रक्रिया समेत अघि बढाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्