सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १० साउन । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।  आज, तेजाबी सुन एक लाख १२ हजार १ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी