राष्ट्रियसभाको २१औँ अधिवेशनको १४५ दिनमा ५२ बैठक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भई असोज १६ गतेसम्म गरी १४५ दिन चलेको यस अधिवेशनमा ५२ वटा बैठक बसेका छन् ।

यस अवधिमा सभाले ९८ घण्टा १० मिनेट समय विभिन्न संसदीय प्रक्रिया सम्पन्न गरेको अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा जानकारी दिए ।

अधिवेशनले अध्यादेशलाई प्रतिस्थापन गर्ने ६ वटा विधेयकहरू (प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक) पारित गरी प्रमाणीकरणको प्रक्रिया पूरा गरेको छ। साथै, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलगायत बजेटसँग सम्बन्धित महत्त्वपूर्ण कामहरू सम्पन्न भएका अध्यक्ष दाहालले बताए ।

अधिवेशनमा लैङ्गिक हिंसा रोकथाम र सहायक प्रजनन प्रविधिको नियमनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मत पारित भयो । मनसुनजन्य विपद् व्यवस्थापन र रसुवाको भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि विशेष प्रस्ताव सभाले पारित गर्‍यो । शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन तथा ग्यासको सहज आपूर्ति गर्न सरकारलाई अध्यक्ष दाहालले रुलिङ गरे ।

महिला समन्वय समिति र भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययनसम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन पनि सभाले दिएको छ ।

अधिवेशनमा १५ वटा मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम सम्पन्न भयो। साथै, रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउँदै विपद् व्यवस्थापनका लागि राष्ट्रिय एकता र सहकार्यमा जोड दिइएको छ।

यस्तो छ गरेका कामहरूको पूर्णपाठ–

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी