कांग्रेस महाधिवेशनमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने, अरु पार्टीबाट को–को जाँदै छन् ?

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन उद्घाटनका क्रममा शुभकामना सन्देश दिने दलका नेताहरूको सूची सार्वजनिक गरेको छ ।

कांग्रेसले जारी गरेको सूचीअनुसार रास्वपाबाट सभापति रवि लामिछाने, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाबाट राजेन्द्र लिङदेनले उद्घाटनमा सम्बोधन गर्नेछन् ।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सम्बोधन गर्ने निश्चित भएको कांग्रेसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी