संसद बैठक सुरु, एमालेको अवराेध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० साउन । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले उठेर विरोध जनाएको छ ।

एमाले सांसद उठेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् । प्रमुख सचेतक गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट हुने सेवालाई लिएर विरोध जनाइरहेका छन् ।

१०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्