सुनको मूल्य एकैदिन तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो, चाँदी पनि १०५ रुपैयाँ सस्तियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको छ।

महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदी दुवैको मूल्य घटेसँगै नेपाली बजारमा शुक्रबार बहुमूल्य धातुको कारोबारमा गिरावट देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्