डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएको प्रारम्भिक जानकारी आएको छ।
स्रोतका अनुसार कैदीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर फरार भएका हुन्।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ।
प्रहरीले स्थलगत निरीक्षण तथा अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण यकिन हुने जनाएको छ। प्रारम्भिक जानकारीमा ८ जना फरार भएको भनिए पनि उनीहरूको सङ्ख्या र पहिचानबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।
घटनाबारे कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।




