काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड तथा न्यूजरुममा सरकार र प्रहरीको हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा पत्रकारहरूको प्रदर्शन सुरु भएको छ।
वर्षा र झरीको समेत प्रवाह नगरी पत्रकारहरू प्रदर्शनमा सहभागी भइरहेका छन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले सरकारी रवैयाको विरोध गर्दै नाराबाजी गरेका छन्।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन्।
पत्रकारहरूको पक्राउ, सञ्चारगृहमा प्रहरी परिचालन र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।




