काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ।
जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने विश्वाससहित पहिले बलिङ गर्ने निर्णय लिएको बताएका छन्।
यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाएर त्यसलाई जोगाउने लक्ष्य रहेको बताएका छन्।




