बालेनको भारत भ्रमणको तयारी : भारतीय विदेश सचिव मिश्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको तयारीका सिलसिलामा काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गरेका छन्।

काठमाडौं आइपुगेलगत्तै विदेश सचिव मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको छ।

त्यस्तै, आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव मिश्री बुधबार बिहान काठमाडौं आइपुगेका हुन्। उनको भ्रमणलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी