नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आजै पदभार ग्रहण गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्।

केसीलाई केहीबेरपछि गृह मन्त्रालयमा दर्ज्यानी चिह्न (फूली) लगाएर पदभार ग्रहण गराउने कार्यक्रम तय भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो।

कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी