काठमाडौं । गृह मन्त्रालयले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई आज साँझ ५ः४५ बजे दर्ज्यानी चिह्न (फूली) लगाउने कार्यक्रम तय गरेको छ।
मन्त्रालय स्रोतका अनुसार डा. केसीले बिहीबार बिहान मात्रै फूली लगाइदिन आग्रह गरेका थिए। तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै दर्ज्यानी चिह्न लगाएर पदबहाली गर्न तयार भएका हुन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न लगाएपछि प्रहरी प्रधान कार्यालय लैजान औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ।
उनको स्वागतका लागि प्रहरी प्रधान कार्यालयमा समेत आवश्यक तयारी सुरु गरिएको स्रोतले जनाएको छ।




