आजको पञ्चाङ्ग तथा राशिफल

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

वि.सं. २०८३ साल कार्तिक १९ गते, बिहीबार । इस्वी संवत् २०२६ नोभेम्बर ५ तारिख । नेपाल संवत् ११४६ ।

आज कार्तिक कृष्णपक्षको एकादशी तिथि दिउँसो १२ बजेर १ मिनेटसम्म रहनेछ। त्यसपछि द्वादशी तिथि लाग्नेछ। उत्तराफाल्गुनी नक्षत्र राति ५ बजेर ५२ मिनेटसम्म रहनेछ। त्यसपछि हस्त नक्षत्र लाग्नेछ। ऐन्द्र योग बिहान ९ बजेर ३६ मिनेटसम्म रहनेछ भने त्यसपछि वैधृती योग सुरु हुनेछ।

काठमाडौँमा आज सूर्योदय बिहान ६ बजेर १८ मिनेटमा र सूर्यास्त बेलुकी ५ बजेर १६ मिनेटमा हुनेछ।

आजको शुभ साइत तथा बारबेला

  • बिहान ६:१८ बजेसम्म शुभ बेला।
  • बिहान १०:२५ देखि ११:४७ बजेसम्म लाभ बेला।
  • बिहान ११:४८ देखि दिउँसो १:०९ बजेसम्म अमृत बेला।
  • दिउँसो २:३२ देखि ३:५३ बजेसम्म शुभ बेला।
  • बेलुकी ३:५४ देखि ६:५३ बजेसम्म अमृत बेला।

राहुकाल: दिउँसो १:०८ देखि २:३१ बजेसम्म।

ब्रह्म मुहूर्त: बिहान ४:४३ देखि ५:३० बजेसम्म।

आजको राशिफल

मेष: चाडबाड लक्षित सामानको व्यापारबाट फाइदा हुनेछ। औद्योगिक तथा अनलाइन व्यापारबाट आम्दानी बढ्नेछ। प्रेम सम्बन्ध पुनः सुमधुर बन्ने योग छ।

वृष: आर्थिक अवस्था राम्रो रहनेछ। व्यापार तथा सेयर बजारबाट लाभ मिल्न सक्छ। नोकरीमा पदोन्नतिको योग छ। बिहान यात्रा गर्दा सावधानी अपनाउनुहोला।

मिथुन: घरेलु समस्याले सताउन सक्छ। आफन्तबाट काममा बाधा आउन सक्छ। कृषि तथा पशुपालन व्यवसायमा भने प्रगति हुनेछ।

कर्कट: अध्ययनमा प्रगति हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। आयआर्जनमा वृद्धि हुनुका साथै नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ।

सिंह: सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसाय फस्टाउनेछ। नयाँ प्रविधिको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ।

कन्या: प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ। पढाइमा सफलता मिल्नेछ। मनपर्ने उपहार तथा वस्त्र प्राप्तिको योग छ। अनावश्यक खर्च भने बढ्न सक्छ।

तुला: स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोला। व्यापारमा मेहनतअनुसार आम्दानी हुनेछ। विदेश यात्राको सम्भावना छ।

वृश्चिक: राजनीति तथा समाजसेवामा जनसमर्थन मिल्नेछ। व्यापारमा लगानी बढाएर आम्दानी गर्न सकिनेछ। प्रेम सम्बन्ध र अध्ययनमा सफलता मिल्ने योग छ।

धनु: प्रविधिको प्रयोगबाट आफ्नो प्रभाव बढाउन सकिनेछ। धार्मिक यात्रा तथा मनोरञ्जनका अवसर मिल्नेछन्। व्यापार र वैदेशिक यात्राका लागि समय अनुकूल छ।

मकर: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन र यात्राको अवसर मिल्नेछ। बिहान स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुहोला।

कुम्भ: प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। चाडबाड लक्षित व्यापारबाट राम्रो आम्दानी हुने योग छ।

मीन: न्यायिक तथा प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। रोकिएका काम पूरा हुने र लामो दूरीको यात्रा गर्ने अवसर मिल्नेछ।

तपाईंको आजको दिन शुभ रहोस्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्