एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनी र जनकपुर तथा दोस्रो खेलमा विराटनगर र काठमाडौं भिड्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार दुईवटा खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ। लुम्बिनीले हालसम्म खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ। ऊ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

यता जनकपुर बोल्ट्स भने चौथो स्थानमा छ। चार खेल खेलेको जनकपुरले दुईमा जित र दुईमा हार बेहोरेको छ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। त्यस्तै, काठमाडौं गोर्खाज भने सातौँ स्थानमा छ। दुई खेल खेलेको काठमाडौंले एकमा जित र एकमा हार बेहोरेको छ।

आजका दुवै खेल टोलीहरूका लागि अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्