काठमाडौं । आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, आज राति देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी, तराईका भू–भाग, काठमाडौं उपत्यका तथा विभिन्न खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।




