टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

कार्तिक २४ नक्कली भुटानी शरणार्थीसम्बन्धि अपराधमा दोषी ठहर भउका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने भएका छन्। कैद सजाय भुक्तान गरी उनी रिहा हुन लागेका हुन्। 

कारागार कार्यालय डिल्लीबजारका अनुसार जेष्ठ नागरिकका रुपमा २५ प्रतिशत कैद छुट पाएर उनी रिहा हुन लागेका हुन्। जेष्ठ नागरिकसम्बन्धि ऐन २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेरका जेष्ठ नागरिकले कैदमा २५ प्रतिशत छुट पाउने प्राधवान छ। जिल्ला अदालत, काठमाडौंले सो छुट दिन आदेश भएसँगै उनी रिहा हुने भएका हुन्। सरकारले पनि दुई महिनाअघि कारागार नियमावली संशोधन गरी जेष्ठ नागरिक ऐनअनुसार सुविधा दिने प्रावधान समेटेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई चार वर्ष कैद सजाय भएको छ। उनी २०८० को बैशाखदेखि कारागारमा छन्। अदालतको आदेशअनुसार उनलाई २६ गते बिहीबार रिहा गरिने डिल्लीबजार कारागारका जेलर बिक्रम पाण्डेले बताए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्