नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ,पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको थियो । त्यसपछि केहीबेर सञ्चालन भएर बन्द भएको सडक केहीबेर अघि दुईतर्फी खुलेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्