छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (३० कात्तिक) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइने भए पनि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

छठ पर्वको महत्त्वलाई ध्यानमा राख्दै सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्