परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरुबीच दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।null

भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएको बधाई दिँदै उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्