सभामुख सर्लाही, सभापति सिरहा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सभामुख डिपी अर्याल भीमफेदी दुर्घटनाका पीडित परिवारलाई भेट्न सर्लाही पुगेका छन् ।

चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर पुगेर उनले मृतकप्रति समवेदना र उनका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन् ।


कात्तिक २६ गते काठमाडौंँबाट सर्लाही जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । पीडित परिवारले सभामुख अर्यालसँगको भेटमा राहत र पुनस्र्थापनाको माग राखेको बताइन्छ ।

उता, रास्वपा सभापति रवि लामिछाने सिरहामा पुगेका छन् । उनले सल्हेश मन्दिर पुगेर पूजा गरेका हुन् । त्यसअघि विहान उनले धनुषाको जनकपुरबाट सांसद अमरेशकुमार सिंहलाई मेची महाकाली पदयात्राको लागि बिदाइ गरेका थिए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओली पनि सप्तरी पुगेकी छन् । आगामी चार दिन उनी मधेशका विभिन्न जिल्ला पुग्ने योजनामा रहेको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्