पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वनेत्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने जानकारी गराएकी हुन्।
उनले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।
यद्यपि, श्रेष्ठले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्ने विषय भने खुलाएकी छैनन्।
यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी थिइन्।




