आज देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने, केही प्रदेशमा आंशिक बदली

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र मधेस प्रदेशका केही स्थानमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

त्यस्तै, भोलि आइतबार पनि देशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशको तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्