आजको राशिफल तथा पञ्चाङ्ग – २०८३ मंसिर ५ गते, शनिबार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

आजको पञ्चाङ्ग तथा राशिफल

आज मिति २०८३ साल मंसिर ५ गते, शनिबार। इस्वी संवत् २०२६ नोभेम्बर २१ तारिख। नेपाल संवत् ११४७।

आज रौद्र संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, श्रीशाके १९४८ तथा कार्तिक शुक्लपक्षको द्वादशी तिथि रहेको छ। द्वादशी तिथि राति १ बजेर ४० मिनेटपछि त्रयोदशीमा प्रवेश गर्नेछ।

आज रेवती नक्षत्र रहेको छ भने राति ३ बजेर ४८ मिनेटपछि अश्विनी नक्षत्र लाग्नेछ। सिद्धि योग राति १ बजेर १४ मिनेटसम्म रहनेछ।

काठमाडौँमा आज बिहान ६ बजेर ३० मिनेटमा सूर्योदय हुनेछ भने बेलुकी ५ बजेर ७ मिनेटमा सूर्यास्त हुनेछ।

आजको शुभ साइत तथा बारबेला

बिहान ६ बजेर ३१ मिनेटदेखि ७ बजेर ५० मिनेटसम्म शुभ बेला रहनेछ। बिहान ११ बजेर ५० मिनेटदेखि दिउँसो १ बजेर ९ मिनेटसम्म लाभ बेला तथा दिउँसो १ बजेर १० मिनेटदेखि २ बजेर २८ मिनेटसम्म अमृत बेला रहनेछ।

त्यस्तै, राहुकाल बिहान ९ बजेर ९ मिनेटदेखि १० बजेर २९ मिनेटसम्म रहनेछ।

ब्रह्म मुहूर्त बिहान ४ बजेर ५३ मिनेटदेखि ५ बजेर ४१ मिनेटसम्म रहेको छ।

अब सुनौँ, आजको १२ वटै राशिको फल।

मेष राशि: आज अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनुहोला। खानपान र स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। व्यापार व्यवसायमा अपेक्षित आम्दानी नहुँदा केही असहजता आउन सक्छ। आफ्नै मानिसबाट धोका हुन सक्ने भएकाले विश्वास गर्दा विचार पुर्‍याउनुहोला। यद्यपि विदेश यात्रा तथा विदेशी सामानको व्यापारबाट लाभ लिन सकिनेछ।

वृष राशि: आज सवारीसाधन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ। रोकिएका कामहरू अघि बढ्नेछन् भने नयाँ अवसरसमेत प्राप्त हुन सक्छ। पैतृक सम्पत्ति तथा सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। दाजुभाइ तथा आफन्तको सहयोगले काममा सहजता आउनेछ।

मिथुन राशि: आज उच्च तथा प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ। राजनीति, समाजसेवा तथा अध्ययन क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने परिवारसँग रमाइलो यात्राको योग पनि रहेको छ।

कर्कट राशि: सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा लगानी बढाएर आम्दानी गर्न सकिने समय छ। प्रेम सम्बन्धमा रमाउने अवसर मिल्नेछ भने तीर्थयात्रा, पूजापाठ तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ।

सिंह राशि: आज स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोला। अनावश्यक चिन्ता र तनावले आत्मविश्वास कमजोर बनाउन सक्छ। व्यवसायमा सोचविचार नगरी लगानी गर्दा आर्थिक नोक्सानी हुन सक्छ। सम्पत्ति तथा बहुमूल्य वस्तुको सुरक्षामा ध्यान दिनुहोला। प्रेम सम्बन्धमा पनि मतभेद आउन सक्छ।

कन्या राशि: आज स्वास्थ्य अनुकूल रहनेछ भने नयाँ काम गर्ने उत्साह बढ्नेछ। व्यापार व्यवसायबाट आम्दानी गर्न सकिनेछ। दाम्पत्य तथा प्रेम सम्बन्धमा आपसी सहयोग र आत्मीयता बढ्नेछ। सामाजिक कार्यमा सक्रिय हुँदा मानसम्मान तथा प्रतिष्ठा प्राप्त हुने योग छ।

तुला राशि: आज निर्माण सामग्री, खाद्यान्न तथा औषधिजन्य वस्तुको व्यापारबाट राम्रो आम्दानी गर्न सकिनेछ। विरोध गर्नेहरू पनि तपाईंको कामको प्रशंसा गर्न थाल्नेछन्। प्रतिस्पर्धामा सफलता प्राप्त हुने सम्भावना छ। स्वास्थ्य अनुकूल रहनेछ भने यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ।

वृश्चिक राशि: आज व्यापार व्यवसायमा लगानीबाट राम्रो प्रतिफल प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने परिवार र साथीभाइसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। सामाजिक कार्यमा सबैको सहयोग प्राप्त हुनेछ। आकस्मिक धन तथा उपहार प्राप्तिको योगसमेत रहेको छ।

धनु राशि: आज प्रेम सम्बन्धमा सामान्य खटपट आउन सक्छ। जीवनसाथीको असहयोगले केही काम प्रभावित हुन सक्छन्। राजनीति तथा समाजसेवामा समय खर्चिए पनि अपेक्षित उपलब्धि नहुन सक्छ। व्यापार व्यवसायमा लगानी गर्दा सोचविचार गर्नुहोला। यद्यपि यात्रा तथा मनोरञ्जनबाट मन प्रसन्न रहनेछ।

मकर राशि: आज समाजमा गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिनेछ। नयाँ तथा दीर्घकालीन फाइदा दिने काम सुरु गर्ने अवसर मिल्नेछ। दाजुभाइ तथा आफन्तको सहयोगले नियमित काम सहज बन्नेछ। छोटो तथा उपलब्धिमूलक यात्राको योग रहेको छ।

कुम्भ राशि: आज सबैको सहयोग प्राप्त हुँदा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। बोली तथा अभिव्यक्तिसँग सम्बन्धित पेसा व्यवसायमा सफलता मिल्नेछ। आफन्तसँग मिलेर गरेको कामबाट आर्थिक लाभ हुन सक्छ। प्रेम सम्बन्ध सुखद रहनेछ भने गीतसंगीत तथा मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पनि राम्रो अवसर मिल्न सक्छ।

मीन राशि: आज प्रविधिको प्रयोग गरेर रचनात्मक काममार्फत आम्दानी बढाउन सकिनेछ। नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ भने सहयोग र समर्थन गर्ने व्यक्तिहरू भेटिनेछन्। अध्ययनमा सफलता मिल्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। यात्रा तथा मनोरञ्जनबाट दिन रमाइलो बन्नेछ।

यति नै छ आजको पञ्चाङ्ग तथा राशिफल। तपाईंको आजको दिन सुखद, सफल र मंगलमय रहोस्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी