आजको राशिफल : मंसिर ६ गते आइतबार, कुन राशिलाई कस्तो छ दिन?

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

वि.सं. २०८३ साल मंसिर ६ गते, आइतबार।
नेपाल संवत् ११४७, ईस्वी सन् २०२६ नोभेम्बर २२ तारिख।

आज कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि राति १२ बजेर ३२ मिनेटसम्म रहनेछ। त्यसपछि चतुर्दशी तिथि सुरु हुनेछ। अश्विनी नक्षत्र राति ३ बजेर १६ मिनेटसम्म र त्यसपछि भरणी नक्षत्र रहनेछ। चन्द्रमा मेष राशिमा रहनेछ।

सूर्योदय र सूर्यास्त
काठमाडौंमा आज बिहान ६ बजेर ३१ मिनेटमा सूर्योदय हुनेछ भने बेलुकी ५ बजेर ७ मिनेटमा सूर्यास्त हुनेछ।

आजको शुभ साइत

  • लाभ बेला : बिहान ७:५१ देखि ९:१० बजेसम्म।
  • अमृत बेला : बिहान ९:११ देखि १०:३० बजेसम्म।
  • शुभ बेला : बिहान ११:५० देखि दिउँसो १:०९ बजेसम्म।
  • शुभ बेला : बेलुकी ३:४९ देखि ६:४८ बजेसम्म।

राहुकाल : दिउँसो ३:४७ देखि बेलुकी ५:०७ बजेसम्म।

ब्रह्म मुहूर्त : बिहान ४:५४ देखि ५:४२ बजेसम्म।

आजको राशिफल

मेष : गीत, सङ्गीत तथा मोडलिङमा विशेष रुचि बढ्नेछ। अध्ययनमा मन जानेछ भने व्यवसाय तथा औद्योगिक क्षेत्रबाट आम्दानी गर्ने अवसर मिल्नेछ। राजनीति तथा समाजसेवामा सक्रिय व्यक्तिले जिम्मेवारी प्राप्त गर्न सक्ने योग छ। प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ।

वृष : आम्दानीको तुलनामा खर्च कम हुँदा आर्थिक बचत गर्न सकिनेछ। स्वास्थ्य सामग्री तथा खाद्यान्नको व्यापारमा वृद्धि हुनेछ। वैदेशिक व्यापार तथा रोजगारीमा अवसर मिल्न सक्छ। अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्रा तय हुनसक्नेछ।

मिथुन : राजनीतिक भेटघाट तथा बैठकमा समय बित्नेछ। व्यापार र औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ। पैतृक सम्पत्ति तथा प्राकृतिक स्रोतसाधनबाट आम्दानी बढ्न सक्छ। प्रेम सम्बन्ध सुखद रहनेछ भने धार्मिक स्थलको भ्रमण गर्ने अवसर मिल्नेछ।

कर्कट : व्यस्तताबीच पनि महत्त्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। राजनीति तथा समाजसेवामा सक्रिय व्यक्तिले मानसम्मान प्राप्त गर्ने सम्भावना छ। व्यापारमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ।

सिंह : धार्मिक स्थल तथा मन्दिरको भ्रमण गर्ने अवसर मिल्नेछ। साथीभाइ र आफन्तको सहयोगमा नयाँ योजना अघि बढाउन सकिनेछ। अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। थोरै लगानीबाट पनि आर्थिक लाभ प्राप्त हुनसक्ने योग छ।

कन्या : आफन्तको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। अध्ययनमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्। बोलीको प्रभाव बढ्नेछ भने लामो दूरीको यात्रा हुने सम्भावना छ।

तुला : व्यापार तथा औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट आम्दानी हुनेछ। व्यावसायिक कामले लामो दूरीको यात्रा गराउन सक्छ। आर्थिक अवस्था सुधार हुँदै जानेछ। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

वृश्चिक : प्रतिस्पर्धामा सफलता प्राप्त गर्ने अवसर मिल्नेछ। अध्ययन तथा रोजगारीमा राम्रो नतिजा हात लाग्न सक्छ। रोकिएका काम बन्नेछन् भने प्रेम तथा दाम्पत्य सम्बन्ध सुखद रहनेछ। खाद्यान्न, निर्माण सामग्री तथा औषधिजन्य व्यापारबाट लाभ मिल्नेछ।

धनु : निरन्तर मेहनतले आर्थिक लाभ दिलाउन सक्छ। बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय व्यक्तिले नाम र दाम कमाउने अवसर पाउनेछन्। प्रेम सम्बन्ध नजिकिनेछ भने आफन्त तथा सन्तानसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ।

मकर : सवारीसाधन तथा भौतिक सम्पत्तिको खरिदबिक्रीबाट लाभ मिल्न सक्छ। आफन्त तथा आमाको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। कृषि तथा पशुपालन व्यवसायमा संलग्न व्यक्तिका लागि समय अनुकूल रहनेछ।

कुम्भ : समाजमा आफ्नो प्रतिष्ठा र प्रभाव बढाउन सकिनेछ। समयको सदुपयोग गर्दै दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ। दाजुभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो तथा रमाइलो यात्राको योग रहेको छ।

मीन : व्यवसायमा प्रगति हुनेछ भने बौद्धिक क्षमताको प्रयोगबाट आर्थिक लाभ लिन सकिनेछ। आफन्तसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाउन सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। सामाजिक तथा कल्याणकारी कामबाट प्रतिष्ठा बढ्नेछ।

तपाईंको दिन शुभ रहोस्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी