एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै रिजन ढकालले जिते कार, लिए १७ विकेट

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । चितवन राइनोजका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार जित्न सफल भएका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ढकालले पुरस्कारस्वरूप ओमोडा एन्ड जेकोको कार प्राप्त गरेका हुन्। उनले प्रतियोगिताभर कुल १७ विकेट लिँदै आफ्नो प्रभावशाली प्रदर्शन प्रस्तुत गरेका थिए।

यसअघि एनपीएलको पहिलो संस्करणमा दीपेन्द्रसिंह ऐरी र दोस्रो संस्करणमा रोहितकुमार पौडेलले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै कार जितेका थिए। तेस्रो संस्करणमा भने उक्त उपलब्धि चितवन राइनोजका रिजन ढकालले हासिल गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी