मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बिहान ९ बजे शपथ लिँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

यादव दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्वमा पुग्न लागेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्