निर्माण व्यवसायीद्धारा डोजर सहित बालुवाटारमा प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १६ साउन । बिभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका छन् ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा डोजर सहित प्रदर्शन गरेका हुन् ।

अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरु एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने महासंघको माग छ ।

उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने उनीहरुको माग छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्