दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, उद्घाटन मंसिर १६ गते हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छन्। कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात पुरुष फुटबलबाट हुन लागेको हो।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा पुरुष फुटबल प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायतका चुनौतीलाई ध्यानमा राख्दै केही खेल निर्धारित समयभन्दा अगाडि नै सञ्चालन गर्ने निर्णय गरेपछि आजदेखि प्रतिस्पर्धा सुरु हुन लागेको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन भने यही मंसिर १६ गते हुनेछ। मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि सोमबार कर्णाली प्रदेशले बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्‍याली निकाल्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक स्वागत गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी