काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
तराईका भूभाग, काठमाडौं उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहनेछ। यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
तराई, उपत्यका तथा खोँचहरूमा भोलि बिहान पनि केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले यातायात तथा हवाई सेवामा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।




