लगानी विस्तारका लागि सरकारी सहयोग आवश्यक : कोष

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डाै – नागरिक लगानी कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजकाे बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो । प्रत्यक्ष लगानी सम्भव नभए सरकारले दीर्घकालीन विकास ऋणपत्र जारी गरेर विकास निर्माणमा रकम परिचालन गर्नसक्ने उहाँको सुझाव छ ।

बैठकमा कार्कीले सामाजिक सुरक्षा कोषका गतिविधि र समान प्रकृतिका संस्थाबीचको प्रतिस्पर्धाले कोष परिचालनमा मुख्य चुनौती थपेको गुनासो गर्नुभयो । कोषमा आबद्ध भइसकेका संस्थालाई समेत सामाजिक सुरक्षा कोषले अनिवार्य आबद्ध हुन पत्राचार गरी दबाव दिने प्रवृत्ति बढेको उहाँको भनाइ छ ।

यस्तै संस्थागत निक्षेपको ब्याजदर घट्दा आम्दानीमा गिरावट आएको र तत्काल अन्य क्षेत्रमा लगानी गर्न नसक्दा ठूलो रकम चालू खातामै थुप्रिएको कार्कीले जानकारी दिनुभयो । उहाँले हकप्रद शेयरमार्फत नभई संस्थाले गरेको आम्दानीका आधारमा बोनस शेयर जारी गर्दै क्रमिक रूपमा पूँजी वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी