बारामा ट्रक र हाइस ठोक्किँदा चालकसहित चारजना घाइते, चालकको अवस्था गम्भीर

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रौतहट १३ मंसिर। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ हुलास नजिकै ट्रक र ईभी हाइस एकआपसमा ठोक्किँदा ईभी चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये ईभी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतवार बिहान करिब ९ः४० बजे वीरगञ्ज–पथलैया सडकखण्डमा उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार मर्मतपछि ग्यारेजबाट निस्किएको प्रदेश २–०३–००१ ख ५३६० नम्बरको ट्रक दायाँ मोडेर जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०९८५ नम्बरको ईभी हाइससँग ठोक्किएको थियो।

दुर्घटनामा ईभीमा सवार चालकसहित १० जनामध्ये चार जना घाइते भएका छन् भने अन्य छ जना सकुशल रहेका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि एभरग्रीन तराई अस्पताल सिमरा लगिएको छ।

घाइते हुनेमा ईभी चालक बारा परवानीपुर गाउँपालिका–२ मुसहरीका २८ वर्षीय उत्तम साह रहेका छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीका ६७ वर्षीय राजेन्द्र महतो, दाङ तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरकी ६९ वर्षीया सकुन्तला पौडेल घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक भाग्यनारायण यादवको कमाण्डमा ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा ईभी हाइसको अगाडिको भागमा क्षति पुगेको छ। ट्रक, ईभी हाइस तथा ट्रक चालक चितवनको इच्छाकामना गाउँपालिका–७ सुन्दरबस्तीका करिब ४० वर्षीय वस्नेत बहादुर ग्यावालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

व्यस्त वीरगञ्ज–पथलैया सडकखण्डमा ग्यारेजबाट निस्किने सवारीसाधनको आवागमन र मुख्य सडकमा हुने मोड तथा प्रवेशका क्रममा विशेष सावधानी अपनाउनुपर्ने यस घटनाले पुनः देखाएको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान गरिरहे

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्