एसियाडमा पदक विजेता नेपाली टोली स्वदेश फिर्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, २३ असोज । चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली स्वदेश फर्किएका छन् ।

पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो ।

एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी थिइन । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी हुन् । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक प्राप्त गरेको हो ।

त्यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले पनि नेपाललाई कास्य पदक दिलाएको छ । नेपालले यसअघि १८औँं संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको थियो । अहिलेसम्म नेपालले एसियाडमा तीन रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी